सुनको मूल्य ११ सयले घट्यो, चाँदीमा झिनो गिरावट

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको छ। बुधबारको लागि कारोबार मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन तोलामा एक सय रुपैयाँको वृद्धि हुँदा बजार मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ कारोबार भएको थियो। तीन दिनदेखि स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ। मंगलबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्