कांग्रेसमा भावी प्रधानमन्त्रीका लागि आधा दर्जन आकांक्षी देखिए

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन् ।मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन् ।माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन् । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । अहिलेकै गठबन्धनलाई निरन्तरता दिनेगरी सभापति देउवाले छलफललाई अघि बढाएका छन् । त्यसैगरि , वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता प्रकाशमान सिंह , पूर्वमहामन्त्री शशांक कोइराला , अर्का  नेता शेखर कोइराला तथा महामन्त्री गगन थापा समेत आ- आफ्नो तर्फबाट प्रधानमन्त्रीको दाबी गर्ने रणनीति सहित अगाडी बढिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्