काठमाडौंका सुकुम्बासी बस्तीमा महानगरको डोजर

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौंका सुकुम्बासी बस्तीहरूमा चुनावअघिदेखि मडारिएको डोजर भयले आखिरमा चुनाव सकिएको एक साता बित्नासाथ वास्तविक रूप लिएको छ। थापाथलीस्थित बागमती नदी किनारमा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरको प्रहरी टोली सोमबार डोजर लिएर दलबलसहित पुग्यो। बस्तीका बासिन्दाले प्रतिरोध गरे। दुवै पक्षबीच भएको झडपमा महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ जना घाइते भए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई मतपरिणाम आउने क्रम जारी रहेको र नयाँ सरकार गठन प्रक्रिया सुरू हुन बाँकी नै रहेको अहिलेको समयमा राज्यले कुनै पनि किसिमका ठूला निर्णयहरू लिँदैन। अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति र काठमाडौं महानगरपालिकाले भने राजनीतिक रूपले शून्य यही समयमा दशकौंदेखिको सुकुम्बासी बस्ती उजाड्ने र त्यहाँका बसोबासीलाई उठिबास गर्ने अभियान सुरू गरेको छ। समितिले चुनावभन्दा अगाडि नै सार्वजनिक सूचना जारी गरेर बागमती किनारका सुकुम्बासी बस्ती खाली गर्न चेतावनी दिएको थियो। उसले नदी किनारका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधनहरू मंसिर ४ भित्र खाली गर्नू भनी सूचना निकालेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्