ओली : अभियोग पुष्टि नहुँदै नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा !

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीशको बचाउमा उत्रेका छन् ।  बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे ।‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन’, उनले भने, ‘संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन । तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’उनले अहिले संसदको नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए । ‘संसदले अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जान्छ । तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो’, ‘यो सरकार खोपडीले सोच्दैन मसलले मात्रै सोच्छ ।’ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए । ‘कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ?’, प्रधानमन्त्रीलाई जवाफ दिन चुनौती दिए । सेक्युरिटी खोस्ने, पानीको पाइप काट्ने भन्दै लोकतन्त्रको नाम लिन लाज लाग्नुपर्ने ओलीको भनाइ छ । ‘अकुपाई बालुवाटार’ भन्नेहरु कहाँ गए भन्दै प्रश्न गरे । उनले सरकार स्वेच्छाचारितामा चलेको भन्दै गठबन्धन तन्त्रलाई जनताले टिपेर मिल्काइदिने दावी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्