राष्ट्रियसभाको बैठक आज बस्दैछ

Machchapuchchre

अर्थ राजनीति  ~ राष्ट्रियसभाको बैठक आज दिउँसो बस्दैछ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने एजेण्डा रहेको छ ।

संसद सचिवालयले प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफलका लागि एजेण्डा सार्वजनिक गरेको छ ।

सभाले यसअघि नै नागरिकता विधेयक पारित गरी राष्ट्रिय सभामा अनुमोदनका लागि पठाइसकेको छ ।

राष्ट्रियसभाबाट पारित भएमा उक्त विधेयक प्रमाणीकरणका लागि फेरि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइनेछ ।

राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गरेपछि विधेयक कानुन बन्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्