सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ

Machchapuchchre
अर्थ राजनीति  ~   गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पनि बस्ने भएको हो । हिजोको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित भएका थिए । गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएपनि अझै टुंगोमा लाग्न सकेको छैन ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट सिटौलासहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन् भने नेकपा (माओवादी केन्द्र) को तर्फबाट देवप्रसाद गुरुङ र वर्षमान पुन सदस्य रहेका छन् ।

विभिन्न मोडालिटीमा छलफल जारी राखेको कार्यदल २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्रका आधारमा मापदण्ड तयार पार्ने कसरतमा छ ।

 

 


सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्