कम्युनिष्ट पार्टीको एकता सुरु भइसकेको छ : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको ध्रुवीकरण र एकीकरणको प्रक्रिया शुरु भएको बताएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको विचारलाई सफल बनाउन वाम आन्दोलनलाई एकीकरण गर्ने प्रक्रिया सुरु भएको बताए ।

‘हथौडा र हँसियाले चुनाव लड्ने निर्णय होस् वा पार्टी एकताका लागि संयोजन समिति बनाउने निर्णय होस्, कम्युनिष्ट आन्दोलनलाई ध्रुवीकरण र एकीकरणको प्रक्रिया सुरु भएको छ ।

प्रचण्डले समाजवादको आधारशिला निर्माण र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने नयाँ जग निर्माणको काम छिट्टै हुने बताए ।

‘अब मंसिर २० गते हुने निर्वाचनमा पाँच राजनीतिक दल मिलेर चुनाव लड्छौँ,’ उनले भने, ‘निर्वाचनपछि कम्युनिष्ट विचारधाराको ध्रुवीकरण र एकीकरणको प्रक्रिया नयाँ ढंगले अघि बढ्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्