पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी माघ १ गतेदेखि सञ्चालनमा आउने भएको छ

Machchapuchchre
अर्थ राजनीति  ~ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १, २०२३ देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

करिब २२ अर्ब लागतको आयोजनाको हालसम्म ९८ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताउँदै उनले आगामी असोजमा उडान क्यालिब्रेसन गरिने बताए ।

प्रमुख पर्यटकीय गन्तव्य पोखरालाई अन्तर्राष्ट्रिय उडानमार्फत विश्वसँग सीधा जोड्ने यो आयोजना २०० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्