अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~ सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन चाहनेलाई सच्याउन निर्देशन दिएका हुन् ।  नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्