१५ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको छ

Machchapuchchre

अर्थ राजनीति  ~  गत वर्ष कुमारी बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ९६ प्रतिशतनै कायम भएको छ भने १२ बैंकहरूको निष्क्रिय कर्जा घटेको छ । कुमारी बैंकको निष्क्रिय कर्जा अनुपात भने स्थिर रहेको हो । गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले सर्वाधिक प्रतिशत विन्दुले निष्क्रिय कर्जा घटाएको हो । अघिल्लो वर्ष ३ दशमलव शून्य ७ प्रतिशत रहेको राष्ट्रिय बैंकको निष्क्रिय कर्जा गत वर्ष २ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा १ दशमलव शून्य ७ प्रतिशत विन्दुले घटेको हो ।

गत वर्ष १३ वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा भने बढेको छ । नबिल बैंकको निष्क्रिय कर्जा सर्वाधिक प्रतिशत विन्दुले बढेको हो । राष्ट्रिय वाणिज्य बैंकसँगै नेपाल इन्भेष्टमेन्ट बैंक , एनएमबि बैंक , मेगा बैंक नेपाल, प्रभु बैंक, सेञ्चुरी कमर्सिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक र एनआईसी एशिया बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष निष्क्रिय कर्जा घटाएका हुन ।  अघिल्लो वर्ष शून्य दशमलव ८४ प्रतिशत रहेको नबिल बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७० प्रतिशत विन्दुले बढेर १ दशमलव ५४ प्रतिशत पुगेको हो ।

नबिल बैंकसँगै गत वर्ष प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक , बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र सनराइज बैंकको समेत निष्क्रिय कर्जा बढेको हो । नबिलले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ती गरी असार २७ गते देखि एकिकृत कारोबार सुरु गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्