नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते शनिबार बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  साउन २१ गते शनिबार नेपाल समाजवादी पार्टीले बैठक बोलाएको छ । काठमाडौंमा  हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।

कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन,  नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्