महान सिद्धार्थ हाईस्कूलद्वारा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Machchapuchchre

अर्थ राजनीति  ~ मिति २०७९ साल श्रावण महिनाको १४ गते शनिबारका दिन  महान सिद्धार्थ हाईस्कूलले नव आगन्तुक विद्यार्थी अभिभावक र बिभिन्न क्षेत्रका पाहुनाहरूलाई स्वागत कार्यक्रम र ३ वर्ष प्रिस्कूल पूरा गर्नुभएका नानीबाबुहरुको दिक्षान्त समारोह तथा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयको निम्तोलाई सहर्ष स्विकार गरी कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथी त्रिभूवन विश्वविद्यालय, पूर्वाध्यक्ष, विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान (नाष्ट) सेवा आयोग तथा निर्वाचन क्षेत्र निर्धारण आयोगका पूर्व माननिय सदस्य, –प्रोफेसर डा. श्री चुँडाराज उप्रेती , विशिष्ठ अतिथीहरु क्रमशः अध्यक्ष–का.म. न. पा. वडा नं ७, काठमाडौं, श्री विमल कुमार होडा ज्यू, र काठमाडौं जिल्ला, प्याव्सन अध्यक्ष श्री प्रेम कुमार राई ज्यू त्यस्तै अतिथीहरु, अभिभावक, पूर्व विद्याथीहरु महिला यवम् सज्जन बृन्दहरुको उपस्थितिलाई भब्य स्वागत गर्यो।
महान सिद्धार्थ हाईस्कूलले आफ्नो ईतिहाँस कोर्नकालागि दृढ विश्वास र निरन्तरता का साथ  २९ बर्ष पार गरेको छ, उक्त विद्यालय  २०५०सालमा स्थापना भएको यस महान सिद्धार्थ सह शिक्षालयबाट महान सिद्धार्थ हाई्स्कुल प्लस टु भई नेपालको राजधानी काठमाडौंको मुटुमा रहेको पशुपतीनाथ र बौद्धनाथ स्तुपाको विच पवित्र भूमी कुमारीगालमा अवस्थित यस महान सिद्धार्थ हाईस्कूलले शिक्षाको ज्योति फैल्याउँदै २९बर्षमा आईपुगेको शु–अवशरमा आयोजना गरेको यस २९औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहलाई धेरै अभिभावकहरूले भव्यरूपमा स्विकारेका थिए।
उक्त कार्यक्रमको औपचारीक कार्यक्रमका सभापतिको भूमिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री छत्रबहादुर के.सी.ज्यले निभाउनुभएको थियो भने
अतिथीका रुपमा कान्तिपूर क्याम्पस मूलपानीका लेक्चरर, श्री घनश्याम न्यौपाने ज्यू, अतिथी श्री पूर्ण प्रसाद मिश्रज्यू, समाचार दाता, रा. स. स. साथै धेरै नवआगन्तुक अभिभावकज्यूहरु र निजी तथा सरकारी विद्यालयका प्रअ ज्यूहरु लगायत चावहिल कुमारीगाल आसपासका स्थानिय समाजसेविहरुको समेत उपस्थिती रहेको थियो ।
सम्पूण व्यक्ति–व्यक्तित्व र अभिभावकहरुको उपस्थितिलाई स्वागत गर्दै विद्यालयका प्राचार्य श्री बाबुराम के.सी.लेः आजको शिक्षा आध्यात्मिक संस्कार शिक्षाबाट टाढा रहेको साथै आध्यात्म–संस्कार आजको शिक्षामा छुटेको विषयको रुपमा लिनकालागि उपस्थित सम्पूर्ण महानुभावहरु, अभिभावकज्यूहरु र विद्यार्थी–नानिबाबुहरुलाई सचेत गराउँदै हामी जुनसुकै जात, धर्म र बर्गको भएपनि, सुन्यतावाट जतिसुकै माथि र टाढा पुगेता पनि, आ–आफ्ना आमा बुवा, घर–परिवारबाटै, आ–आफ्नै संसार, संस्कार, धर्ती र प्रकृतिमा फर्कन र आध्यात्मिक सँस्कार शिक्षाको नवआयामिक अभ्यासमा जोडिन, अडिन र परिष्कृत हुदै सर्वागिंण दिगो विकाशको लक्ष्य प्राप्तिकालागि आफूलाई विश्व नागरिकका रुपमा योग्य बनाउनका लागि सधै तयारी अवस्थामा रहनुपर्ने प्रसंगलाई संक्षेपमा व्यक्त गर्दै अन्तमा महान सिद्धार्थ हाईस्कूलबाट बिगतवर्षहरुमा झैं यस वर्ष पनि सर्बोउकृष्ठ नतिजा ल्याई एसइई उत्तिर्ण हुन सफल सम्पूर्ण विद्यार्थीनानीबाबुहरु तथा अभिभावकज्यूहरुको मेहनत र लगानीको सदुपयोग भएकोमा सम्पूर्णमा स–गौरब बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो ।

तयसैगरी बिद्यालयका शैक्षिक को-अर्डिनेटर राजेश रिजालले +2मा बिगत ५बर्ष देखी ब्यबसाथापन, ह्यूमानिटीज र ल संकाय सन्चालन हुदैगरेको उक्त बिद्यालयमा निकट भबिष्यमै बिज्ञान र प्रबिधि वेसमा रहेर व्यावसायिक शिक्षा पनि सन्चालन गरिने कुरा ब्यक्त गर्नुभयो।.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्