खोटाङ भूकम्प : एक प्रहरी चौकी, दुई विद्यालय भवन र चार सय ७५ घरमा क्षति

Machchapuchchre

अर्थ राजनीति  ~ यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ रेक्टर इस्केलको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठा भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठा भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

साकेला गाउँपालिकाका प्रमुखले भूकम्पको  साकेलामा हालसम्म चार सय ६४ घरमा क्षति भएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँझेच्यानडाँडामा १३४, रतन्छामा ८८, खिदिमामा ५७, मात्तिममा १०५ र भूम्पकको केन्द्रविन्दु मात्तिमविर्तामा ८० घरमा क्षति भएको हो ।

स्थानीय तहहरूले भूकम्पसँगै बाढी र पहिराको समेत क्षतिको विवरण टिपाउने क्रम जारी छ”, उनले भने, “जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पको क्षतिको वितरणचाहिँ तीन दिनभित्र दिन आग्रह गरिएको छ । जिल्लामा भारी वर्षा भइरहेकाले यकिन विवरण आउन समय लाग्ने देखिएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिकामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन् ।

जिल्लामा अहिले पनि भूकम्पको पराकम्प जाने क्रम जारी छ । कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुने गरी नेपाली सेना प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्