भट्टराई निकालिए जसपाबाट , उनको ठाउँमा अशोक राई

Machchapuchchre

अर्थ राजनीति ~ समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको छ ।

उपेन्द्र समूह केन्द्रीय समिति विस्तारित बैठकले अनुशासन कारबाही गर्दै उनीहरूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

संघीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, भक्तबहादुर साह, रमेश यादव र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय भएको सुमनले जानकारी दिए ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनका अनुसार पार्टी हितविपरीतको गतिविधिमा लागेका भट्टराईसहितका नेतालाई कारबाही गरिएको हो । साथै, बैठकले भट्टराईलाई कारबाही गर्दै संघीय परिषद् अध्यक्षमा पार्टी वरिष्ठ नेता अशोक राईलाई चयन गरेको छ ।

साथै, केही नेता बाटो बिराएकालाई सचेत हुन आग्रहसमेत गरिएको छ,’ समुनले राजधानीसँग भने, ‘पार्टी निर्णय तथा विधानको पालना गर्न सबैमा अपिल गरेका छौं ।’

रिक्त कार्यकारिणी समिति सदस्य, केन्द्रीय सदस्यलगायत ठाउँमा पदपूर्ति अधिकार कार्यकारिणी समितिलाई दिइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्