कसको कारण टाट पल्टिदैछ आयल निगम ?

Machchapuchchre

नेपाल आयल निगमले दैनिक भाउ बढ्दो क्रममा रहेको र इन्धन आयातको घाटा थेग्न नसकिने भन्दै सरकारलाई विभिन्न १० बुँदे सुझाव पेस गरेको छ । निगमले ती १० बुदे सुझावको कार्यान्वयन छिटो नगरिए निगम टाट पल्टने र इन्धन आपूर्ति ठप्प हुने चेतावनीसमेत सरकारलाई दिएको छ ।

देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार व्याप्त छ, सरकारले भ्रष्टाचार र अनियमितता रोक्न नसक्दा सार्वजनिक निकाय तथा संस्थान टाट पल्टने अवस्थामा पुगेका छन् । यस्तै, अवस्थामा पुगेको छ नेपाल आयल निगम ।

आयल निगमले चालू आर्थिक वर्षको अन्तसम्म निगम झन्डै ५५ अर्ब घाटामा जाने हिसाब देखाएको छ तर निगममा हुने विभिन्न चुहावट र अनियमितता रोक्न भने निगम प्रशासन असफल हुँदै आएको छ ।

गठबन्धन सरकारमा रहेका दलले आफ्ना बैठकमा यस्ता टाट पल्टन लागेका संस्थानलाई कसरी सुधार गर्ने भन्ने’दयगत कहिल्यै पनि छलफल गर्दैनन् । न त प्रधानमन्त्री र मन्त्रीहरूले नै यस विषयमा गम्भीरतापूर्वक छलफल गर्छन् । मन्त्रिपरिषद् बैठकमा समेत यस्तो गम्भीर विषयमा सघन छलफल कहिल्यै पनि नहुने गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बढुको ध्यानकर्षणसहित १० बुँदे सुझाव पेस गरेको हो ।– भ्रष्टचार र कमिसनतन्त्र नरोकिँदा निगमको दूरावस्था

– सरकारको स्पष्ट योजना नहुँदा निगम धराशायीतर्फ

– देशभरमा इन्धन आपूर्ति ठप्प हुने चेतावनी

– पेट्रोलियम पदार्थ ल्याउने काम नै रोकिन सक्ने

– इन्धन आयातको घाटा थेग्न नसकिने भन्दै सरकारलाई १० बुँदे सुझाव

सोमबार सरकारका यी दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए अब इन्धन आपूर्ति व्यवस्था नै प्रभावित हुन सक्ने चेतावनी दिएपछि मूल्यवृद्धिको मार खेप्न बाध्य उपभोक्ता थप अन्योलमा परेका छन् । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अप्ठेरो परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन नसकेको र मूल्य समायोजन पनि हुन नसकेकाले पेट्रोलियम पदार्थको आपूर्तिमा गम्भीर समस्या हुन सक्ने बताए ।

निगमले सोमबार प्रधानमन्त्री कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै निगमले अब आपूmलाई आवश्यक

‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा आगामी दिनमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुन सक्छ,’ निगमले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

थप आर्थिक स्रोतको जोहो नभए आगामी दिनमा इन्धन आपूर्ति प्रभावित हुन सक्नेसमेत चेतावनी दिएको हो ।

यसैगरी, निगमले सोही पत्रमार्फत दैनिक बढ्दो आपूर्ति व्यवस्थापनको घाटा धान्नै नसकिने अवस्थामा रहेकाले स्वदेशमा इन्धन खपत कम गर्न अन्य विकल्प खोज्नसमेत सरकारलाई आग्रह गरेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको निगमले जनाएको छ । निगमका अनुसार इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्बभन्दा बढी छ । भारतलाई पैसा तिर्न नसकिएमा पेट्रोलियम पदार्थ ल्याउने काम नै रोकिन सक्ने चेतावनी निगमले दिएको छ ।

हामीले सरकारलाई यथार्थ भनेका छौं, अब जनताले पनि समस्या बुझिदिनुपर्छ ।’

बढ्दो घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्न स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि जनाएको छ । उनले चालू आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको स्पष्ट पारे । कार्यकारी निर्देशक थानीका अनुसार इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब रुपैयाँ नाघिसकेको छ र यो क्रम बढ्दो छ ।

थानीले निगमको वित्तीय अवस्था अत्यधिक बिग्रिएपछि प्रधानमन्त्री र वाणिज्यमन्त्रीलाई यस’दयगत ध्यानाकर्षण गराएको बताए । निगमको यो समस्या’दयगत सरकारले तत्काल नसोचे अवस्था भयावह आउने बताउँदै थानीले भने, ‘

निगमका प्रवक्ता विनितमणि उपाध्ययले इन्धन खपत कम गर्ने विभिन्न उपाय अवलम्बन गर्न सरकारलाई यस्तो सुझावसहितको आग्रह गरिएको जानकारी गराए ।

– सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनबाहेकअन्य साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने
– प्रमुख सहरहरूमा प्रत्येक शनिबार गाडीरहित सार्वजनिक बिदा घोषणा गर्ने

– ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारीसाधन पूर्ण क्षमतामा चलाउनुपर्ने
– विद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्नुपर्ने
– विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि गर्नुपर्ने

–ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युत्को खपत गर्न आह्वान गर्नुपर्ने राजधानीबाट
– छोटो दूरीमा पैदल यात्रा गर्न आह्वान गर्ने
– पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलगायतका अन्य उपकरणको आयात बन्द गर्नुपर्ने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्