एक सातामा वाणिज्य बैंकहरुको २ अर्ब कर्जा प्रवाह निक्षेप ३४ अर्बले बढ्यो,

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो ।

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार आएको छ । असार महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ३४ अर्ब निक्षेप थपिएको हो ।

यस अवधिमा बैंकहरुले प्रवाह गर्ने कर्जा पनि सामान्य बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले दुई अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले बढेर असार १७ गतेसम्म आइपुग्दा ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्