आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। असार लागेयता सुन उक्त मूल्यमा तेस्रोपटक आइपुगेको हो। गत शुक्रबार ३ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिना सुनको कारोबार मूल्य अधिकतम ९७ हजार ८ सय र न्युनतम ९६ हजार ५ सयका बीचमै घटबढ भइरहेको छ। आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ। यो मूल्य चालु महिना सबैभन्दा कममा आइपुगेको हो। शुक्रबार २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँ थियो। असार ५ मा चाँदी प्रतितोला १२ सय ६५ सम्म पुगेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्