राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख : ” आयातमुखी अर्थतन्त्र बढ्दै गए संकट आउँछ “

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले मुुलुकको अर्थतन्त्र आयातमुखी भएकाले आयातमुखी अर्थतन्त्र बढ्दै गए भविष्यमा थप शंकट निम्तिने बताएका छन् । शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८० को बजेट विषय अन्तरक्र्रिया कार्यक्रममा बोल्दै डा.श्रेष्ठले यस्तो बताएका हुन् । उनले नेपाली सबै आयातमुखी भएकाले मुलुकको उत्पादनको आधार नै कमजोर भएको बताए । प्रमुख श्रेष्ठले नेपाल जसरी उत्पादनभन्दा पनि उपभोगतर्फ जाँदा मुलुकको भुक्तानी संन्तुलनलाई असर पारेर अर्थतन्त्रमा परनिर्भताको भर पर्नुपर्ने अवस्था बढेको बताए । उनले यस्तो अवस्थालाई सुधार गरेर अहिलको अर्थतन्त्रको चुनौतीलाई सरकार जनता सबै मिलेर समाधान गर्नुपर्ने बताए । डा.श्रेष्ठले पछिल्लो समय विदेश जाने नेपाली श्रमिक र नेपाल आउने पर्यटक बढेकाले विदेशी मुद्रा बढ्ने संकेत देखिएको बताए । उनले पछिल्लो एक वर्षमा ५ लाख नेपाली श्रमिक विदेश जाँदा तीन महिनाको रेमिट्यान्स बढ्दै गएको बताए । उनले आगामी महिनामा ९० अर्बभन्दा बढी रेमिट्यान्स आउने अपेक्षा राष्ट्र बैंकको रहेको बताए । नेपालबाट विद्युत निर्यात हुन थालेको तथा नेपाली सिमेण्ट विदेशमा निर्यात गर्ने प्रक्रिया थालनी भएकाले विदेशी मुद्राको दबाब कम हुन सक्ने आकलन गरिएको उनको भनाइ छ । उनले अर्थतन्त्र दबाबमा रहे पनि तत्काल आतिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्