नेपाल प्रहरीद्धारा थप ४ सय ७४ असईको माग

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल प्रहरी प्रधान कार्यालयले ४७४ जना प्रहरी सहायक निरीक्षक (असई) लागि भर्ना खुलाएको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कुल ७६ जना थप गरी जम्मा ४ सय ७४ जना प्रहरी सहायक निरिक्षकका लागि भर्ना खुलाएको हो । साथै, २ हजार ४७४ जना प्रहरी जवानको समेत भर्ना खुलाएको छ । गत २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक माग गरेको भए पनि त्यसमा ७६ जना थप गरी ४ सय 74 जना माग गरेको प्रहरी प्रधान कार्यालयले जनाएको हो । यसैगरी, गत २०७८ मंङ्सिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको भए पनि आइतबार भने  नेपाल प्रहरीले त्यसमा ५ सय ३ जना थप गरी २ हजार ४ सय ७४ जना प्रहरी जवान भर्नाका लागि माग गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्