महन्थलाई ओलीको प्रस्ताव-‘गठबन्धन गरेर चुनावमा जाऔैं’

Machchapuchchre

अर्थ राजनीति   ~  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर सङ्घीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर समक्ष प्रस्ताव गरेको खुलेको छ । काठमाडौंमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन । ‘ओलीजीले बोलाएर आगामी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नु भएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाई उद्धृत गर्दै एक नेताले भने । उनका अनुसार सो  विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ? सो भने खुलाएका छैनन् । लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संसोधनसहित पारित गर्ने, ५ सय १ सदस्सीय केन्द्रीय समितिलाई पूर्णता दिने, सङ्गठन सुदृढीकरण देखी आगामी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्