बैंकिङ कसुर मुद्दामा रहेका २ फरार अभियुक्त पक्राउ

Machchapuchchre

अर्थ राजनीति –  काठमाडौं ।  केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले बैंकिङ कसुर मुद्दामा रहेका फरार दुई जना अभियुक्तहरुलाई पक्राउ गरेको छ । महाराजगञ्जबाट खटिएको सीआईबीको ब्‍यूरोले शर्मा र गुरूङ दुवै जनालाई काठमाडौं बालुवाटारबाट पक्राउ गरेको जनाएको हो । उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले शर्मालाई ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टि नगरपालिका-७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-१ इमाडोल बस्‍ने २८ वर्षीय गौरभ शर्मा र धादिङको नेत्रवती डबजोङ गाउँपालिका-५ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका-१० मनमैजु बस्‍दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्