राष्ट्र बैंकले आज २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले भोलि मंगलबार सार्वजनिक गर्ने ट्रेजरी बिलको अपराहन्न ३ बजे खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बोलकबोल गर्ने भएको हो । इच्छुक लगानीकर्ता वा बिल खरिदकर्ताले सो अवधिभित्र आवेदन दिइसक्नुपर्नेछ । तीन खालको बिल विक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि ११ अर्ब रुपैयाँ र ३६५ दिनका लागि २ अर्ब ८ करोड रुपैयाँ छुट्याएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बिलको खरिद–विक्री गरिने भनिएपनि कुल बिल रकमको अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी १५ प्रतिशत भने बिना प्रतिस्पर्धा वितरण गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्