” लोकतन्त्र बचाउन गठबन्धनको जित आवश्यक ” :प्रधानमन्त्री देउवा

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको बृहत् चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकोले गठबन्धनका उमेदवारहरुलाई पालिका हुँदै महानगरमा विजयी गराउन आग्रह गरेका हुन् । उनले भने, ‘छुटफुट ठाउँमा बाहेक अधिकांश ठाउँमा गठबन्धनको राम्रो सम्बन्ध भएको छ । अब हाम्रो ध्यान निर्वाचनमा हाम्रा गठबन्धनका उमेदवारलाई जिताउने तर्फ हुनुपर्छ । फेरी गठबन्धनमा शंका गर्नुपर्ने अवस्था छैन ।’ प्रचण्ड र माधव नेपाल एवम् गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेर तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले धेरै पार्टीलाई मिलाएको दाबी गरे । केपी ओलीको शासनका विरुद्धमा गठबन्धन बनेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विरोध ग-यो भने संसद नै भंग गरिदिने, फिर्ता ल्याएको संसद चल्न नदिने, प्रजातन्त्रको खिलापमा लाग्ने जस्ता प्रवृत्तिका विरुद्ध गठबन्धन एक भएको दाबी गरे । गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ताहरू गठबन्धनका अन्य दलले भन्दा पनि मिहिनेतका साथ लाग्न पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले निर्देशन दिए ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्