सुनको मूल्य बढ्यो, तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण

Machchapuchchre

अर्थ राजनीति  ~  विहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढेको छ। मूल्य बढेपछि सुन तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा विहीबार सामान्य गिरावट आएको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। सुन प्रतिऔंस १९५१.६४ डलरमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतिऔंस २५.०६ डलरमा छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्