” गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ ” : गृहमन्त्री खाँण

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ”कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ, उक्त निर्णय विपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिनेछ ।’ उनले गठबन्धनविरुद्ध लागेहरूलाई कारबाही गरिने बताए । ‘गठबन्धनलाई दीर्घकालीन ढंगले लैजाने कांग्रेसको निर्णय हो, यसविपरीत जान सकिँदैन । निर्णयको विरुद्धमा जानेलाई नेता तथा कार्यकर्तालाई स्थानीय तहमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाउने गरी कारबाही गरिनेछ,’ उनले भने । गृहमन्त्री खाँणले सर्वोच्चको आदेशपछि राजनीतिक दलहरू मिलेर गठबन्धन सरकार बनेको भन्दै गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको बताए । ‘गठबन्धनका दलहरूबीच सहमति र सहकार्य गर्ने अठोट कांग्रेससँग छ’, उनले भने । निर्वाचनमा सहभागी नभएका दललाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वान समेत गरेको उनले बातए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्