एमालेलाई पैसामा खरिद गर्न सम्भव नभएको ओलीको भनाइ

Machchapuchchre

अर्थ राजनीति  ~  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताए । स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि गर्न नदिने दावी गर्नु भयो । बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिने क्रममा उहाँले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिए । अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताए । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पोलिटिकल फिल्ड इज अल्वेज ओपन फर एभ्रिबडी । यो कसैको पनि ठेक्कापट्टाको विषय होईन । यो सबैका लागि खुला छ । मैदान खुला छ । सबैले यसमा भाग लिन पाउँछन । नेकपा (एमाले) अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन, अनफेयर खालका क्रियाकलापमा विश्वास गर्दैन  र यस्ता कुराहरूलाई छेउमा पनि पर्न दिँदैन । सात करोड होईन, सात सय करोड, सात हजार करोड, सात लाख करोड जति अफर कसैले गर्छ भने पनि एमालेलाई किन्न, खरिद गर्न सम्भव छैन ।’ अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरूको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गरे । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाएका थियो । सोही फोटोप्रति संकेत गर्दै उनले भने, ‘लोकसेडिङ अन्त्य गर्ने महान भनेर प्रचार गर्ने गफ दिने बेलामा । एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँडने लोगो बनाएको पनि देखियो । पछि त्यो कर्मचारीले आफै लाज मानेर मेरो फोटो हटाउ भने । किनभने लोडसेडिङ यस्तो छ । बोल्दै गर्दा तीन पटक बत्ति जान्छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्ने गरेको छ । ३४ रुपैयाँ प्रतियुनिट घाटामा । यस्ता व्यक्तिहरूको फोटो लिएर भोट माग्न हिँडने पार्टीहरू पनि गठबन्धन भित्र ।’अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा युवाहरूले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरूको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्