अर्थ राजनीति ~ राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । उनले राप्रपाको एकताको महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको पनि दोहोर्याएका छन् । थापाले निर्मल निवासबाट भएको हस्तक्षेपको यो पहिलो घटना भने नभएको बताएका छन् । उनले निर्मल निवासमाथि आफूले चुनाव हारेबापतको आक्रोशमा आरोप नलगाएको पनि बताएका छन् । ‘मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति