” माओवादीको मार्केटिंग राम्रो भएको छ, अब उभार आउँछ ” : प्रचण्ड

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही महिनाभित्रै पार्टीमा उभार आउने बताएका छन् । सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा प्रचण्डले ‘नयाँ संकल्पसिहित पार्टीलाई पुनर्निर्माण गर्ने, आत्मालोचनासहित जनातका घरमा गएमा केही महिनाभित्र उभार आउने स्थिति रहेको’ बताउँदै उभार आएमा कसैले रोक्न नसक्ने बताए ।’चितवन, सर्लाही गए । माओवादी ठिक भयो । २०६४ जस्तै हुन थालेको छ । माओवादीलाई मत दियो भने राष्ट्रियता संविधान बच्छ भन्ने आउन थालेको छ । माओवादी प्रवेश गर्ने लहर आउँदैछ । अझ तराईमा झन आउँदैछ । भर्खर शान्ति प्रक्रियामा आउँदा तराईमा माओवादीमय लहर भएको थियो । अहिले तराईमा माओवादी नै हाम्रो असली मित्र रहेछ भन्ने चेतना फेरि आएको छ,’ प्रचण्डले भने, ‘देशैभरी गति पैदा भएको छ । पार्टी चल्न थालेको छ । थौरै मेहनत गर्ने हो भने उभार आउँछ । विचार नेतृत्व हामीसँग छ ।’माओवादीले राम्रा काम गरे पनि मार्केटिङ गर्न नसकेको उनले बताए । ‘राम्रा–राम्रा सामान हामीले बनायौ तर प्रचार गर्न सकेनौ । मार्केटिङ गर्न सकेनौ । हामीले जनतामाझ गरेका विकास निर्माणका काम भन्नुपर्छ । हामीले बीचमा अलिकित गल्ती ग¥यो । अब आत्मसमीक्षा गरेर जनतामा जाऔं,’ उनले भने । प्रचण्डले पार्टीले एजेण्डा नछाडेको दाबी गरेको छ । ‘हामीले एजेण्डा छोडेको हो कि ? उत्साहमा कमी आएको हो कि भन्ने देखिएको छ । अहिले हामीमा नयाँ संकल्पसहित अगाडि बढ्नुपर्छ भन्ने बोध देखिएको छ,’ उनले भने, ‘नेपालमा सबै उत्पीडित वर्गको निम्ति हिजो संघर्ष र युद्ध गरेको हो । पहिचान अधिकार आत्मसम्मानका निम्ति लडेको हो । यसलाई दबाउन विरोधी परिवर्तनका विरोधी तत्वले मारेरै सक्न खोजेका थिए । हजारौ बेपता घाइते सहिद हजारौको संख्यामा बलिदान भयो । जनयुद्ध यो थियो । जनआन्दोलन सामन्ती व्यवस्थाविरुद्ध थियो ।’‘एकथरी तत्वहरू हिजो जनयुद्ध र जनआन्दोलनमा परिवर्तनकारी शक्तिलाई दमन गर्ने र रोक्ने प्रयन्त गरेका थिए जनताको जोरअगाडि केही लागेन पछि हटे,’ उनले भने, ‘माओवादीको एजेण्डमा सहमति गरे । संघीयता समानुपातिक समावेशी जनताको अधिकारका विषयमा सहमति जनाएका थिए । निरंकुश राजतन्त्र र देशीविदेशी षडयन्त्र परास्त गर्न बुर्जुवाहरुसँग सम्झौता गर्‍याैँ । नयाँ युगतिर देशलाई लैजान बाटो तय गर्यौ । १२ बुँदे समझदारी गर्‍यौं ।’अहिले १५-१६ वर्षपछि घटनाक्रम गहिरोगरी हेर्यौ भने बुर्जुवा र प्रतिक्रियावादीको एउटा शक्तिले सम्झौता ट्याक्टिकल मात्रै कार्यतैनिक रुपमा मात्रै सम्झौता गरेको देखिएको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्