” गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मास्टर प्लान अनुसार नै काम हुन्छ ” : मन्त्री खाँण

Machchapuchchre

अर्थ राजनीति  ~  कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मास्टर प्लान अनुसार नै काम हुने बताएका छन् । आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्ति अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रधानमन्त्री खाँणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उनले सो विमानस्थललाई मास्टर प्लानअनुसार नै बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन । उनले विमान स्थलको निर्माण अविलम्ब सम्पन्न गरेर उद्घाटन हुने अवस्थामा पु¥याउनका लागि निर्देशन समेत दिएका छन । विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालन गराउनका लागि निर्देशन दिँदै उनले त्यसका निम्ति सरकारले के गर्नुपर्छ सरकार गर्न तयार रहेको स्पष्ट पारे । उक्त एयरपोर्ट अविलम्बै  सञ्चालन गर्न सरकार तयार रहेको बताएका छन  । कार्यबाहक प्रधानमन्त्री खाँणले बुद्धको उपदेशलाई संसारभर पु¥याउन र आफ्नो जीवनमा अनुशरण गर्न सबै संवेदनशील हुन आग्रह पनि गरे । उनले नेपाल भौगोलिक, धार्मिक, भाषिक, सामाजिक र सांस्कृतिक विविधता हुनु नेपालका लागि सम्पदा रहेको उल्लेख गरे । उनले भने, “उनको योगदान, त्याग बलिदान, समर्पण, सामन्जस्यता र समन्वय जो मानवीय सभ्यताका लागि महत्वपूर्ण कार्य छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्