सुनको मूल्य स्थिर, तोलाकाे कति ?

Machchapuchchre

अर्थ राजनीति  ~ साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्