गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको प्रतिस्पर्धा हुने, झाक्रीको पल्ला भरि

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो । एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् । सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका आधारमा पनि झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ । नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महत आगामी चुनावमा सत्तारुढ घटकबीच गठबन्धन नबने पनि गुल्मी क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीका तर्फबाट झाक्री नै उम्मेदवार हुने बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्