नुवाकोटको बट्टारमा पुग्यो सनराइज बैंकको नयाँ शाखा, १ सय ४७ ठाउँमा पुग्यो एटिएम सेवा !

Machchapuchchre

काठमाडौं । सनराइज बैंकले नुवाकोट स्थित बट्टारमा १२८औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित कार्यक्रममा केन्द्रिय सांसद नारायण प्रसाद खतिवडा, विदुर नगरपालिकाको मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले एटीएमको उद्घाटन गरेका हुन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले बट्टारमा सनराइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने जनाएका छन् ।

साथै, केन्द्रिय सांसद नारायण प्रसाद खतिवडाले बैकले कृषि क्षेत्रमा लगानी बढाइ, आयातलाई प्रतिस्थापन गर्न आग्रह गरेका छन् । बट्टार नगरपालिकाको मेयर सन्जु पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिने अपेक्षा भएको जनाएका थिए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथअधि बढाउदैं लाने बताएका छन् ।

हालसम्म सनराइज बैंकले १२८ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४७ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्