तरलता अभाव घटाउन दुई अर्ब ६५ करोड रुपैयाँ बजार पठाइँदै

Machchapuchchre

अर्थ राजनीति  ~  बजारमा देखिएको चरम तरलता अभावलाई सम्बोधन गर्नतर्फ नेपाल राष्ट्र बैङ्क लागेको छ । बैङ्क तथा वित्तीय संस्थामा चरम तरलता अभाव देखिएपछि राष्ट्र बैङ्कले पैसा बजार पठाउने भएको हो । तरलता अभावलाई केही हदसम्म घटाउन तत्काल २ अर्ब ६५ करोड रुपैयाँ विभिन्न वर्गका बैङ्कमा पठाउने भएको छ । यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गले लिन चाहेको रकम र त्यसको प्रस्तावित ब्याजदर राष्ट्र बैङ्क समक्ष पेस गर्नुपर्ने छ । राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम बजार पठाउने भएको हो । यसका लागि ‘ग’ वर्गका वित्तीय संस्थाले १३ करोड २५ लाख रुपैयाँ रकमका लागि आवेदन गर्न सक्छन् । यस्तै, राष्ट्रिय स्तरका ‘ग’ वर्गका विकास बैङ्कले ३९ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैङ्कले २ अर्ब १२ करोड रुपैयाँमा रकम राष्ट्र बैङ्कमार्फत लिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्