प्रधानमन्त्री देउवाका छोरा जयवीरले लिए काँग्रेसको सदस्यता

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसकै सदस्यता लिएका हुन् । काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चेतराज पनेरुले कुल एक सय ८० जना मध्ये ९६ जना नयाँ सदस्य थपिएको बताउँदै त्यसमा प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवा पनि परेको बताए । बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका उनले काँग्रेसको क्रियाशिल सदस्यता लिनुलाई चासोका साथ हेरिएको छ । उनलाई वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित गरेर पठाउने तयारी समेत वडा कमिटिले गरेको छ । वडाबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएपछि उनी सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्