बजेट तोडमोड गरेर ल्याए परिणाम राम्रो हुँदैन : नेता नेम्वाङ

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले वर्तमान शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार आफैं तर्सिएको आरोप लगाउनुभएको छ । वर्तमान सरकारले अघिल्लो सरकारले ल्याएका जनमूखी काम तथा बजेटलाई परिमार्जन वा तोडमोड गर्ने रणनीतिमा लागिरहेको प्रति लक्षीत गर्दै नेता नेम्वाङले बजेटलाई तोडमोड गरे परिणाम राम्रो नआउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘ कानुनमन्त्रीसँगको भेटमा पनि अरू अध्यादेश होइन, बजेटसँग सम्बन्धित विषयमा मात्र छलफल भएको थियो । सरकारका लागि बजेट अध्यादेशलाई पारित गर्ने प्राथमिकता भएजस्तो लाग्यो । बजेटका सन्दर्भमा सबै राजनीतिक दल एक ठाउँमा उभिने चलन हुन्छ । बजेट अध्यादेश पारित गर्ने सवालमा पनि तपाईंका अनेक कुरा छन्, व्यवहारमा कसरी आउनुहुन्छ, त्यसमा भर पर्छ भनेका छौं । विश्वमा पनि त्यही अभ्यास छ । सरकारका अनेक कुरा छन् । बजेटलाई सबै तोडमोड गरेर ल्याइयो भने ठीक हुँदैन । त्यतिबेला प्रतिपक्षको जिम्मेवारी हामी पूरा गर्छौं ।’सभामुखको भूमिका र दलसम्बन्धी अध्यादेशको विषयलाई लिएर एमालेले संसद् अवरुद्ध गर्दैछ भन्ने हल्ला मात्र भएको उल्लेख गर्दै नेता नेम्वाङले सभामुखको व्यवहार प्रति एमालेलाई मात्र नभई आम नेपाली नागरिक माथि गंभिर प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्