लुम्बिनी प्रदेशका दुई सांसद शाही र वलीलाई कारबाही प्रक्रिया अघि बढाइयो

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । एमालेबाट निर्वाचित पश्चिम नवलपरासीका अजय शाही र दाङकी बिमला वलीलाई कारबाही प्रक्रिया अघि बढाएको हो । नवलपरासीका शाही चार दलीय गठबन्धन सरकारमा विना विभागीय मन्त्री बनेका छन् भने दाङकी वलीले आफू माओवादीमा सामेल भएको बताइसकेकी छिन् । एमाले लुम्विनी संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शाहीलाई लिखित स्पष्टीकरण सोधेका छन् भने वलीलाई पार्टी अध्यक्ष केपी ओलीले पहिले नै स्पष्टीकरणको पत्र पठाउनु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्