आज बढ्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  साताको कारोबारको अन्तिम दिन शुक्रबार आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । छापावाला सुन आज प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ८९हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य घटेको छ ।चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्