निफ्राको वितरणयोग्य नाफा करिब ६६ करोड

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा रू. ६५ करोड ८५ लाख ५२ हजार रहेको छ । यस अवधिसम्म कम्पनीले रू. ८३ करोड ६४ लाख ३२ हजार खुद नाफा गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १ दशमलव २६ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीको खुद नाफा रू. ८४ करोड ७१ लाख ४६ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको सञ्चालन नाफा ७ दशमलव ९२ प्रतिशत बढी रू. १ अर्ब १८ करोड ८९ लाख २६ हजार भएको छ । धितोपत्र दोस्रो बजारमा सर्वाधिक २० करोड कित्ता शेयर सूचीकृत रहेको कम्पनीको ६६ दशमलव ६७ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गरी पूँजी बढाएको छ । कम्पनीको जगेडा कोष रकम ४६ दशमलव ८५ प्रतिशत बढी रू. २ अर्ब ४० करोड ७ लाख ८१ हजार कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष २० दशमलव ६५ प्रतिशत बढी कम्पनीले रू. ३० करोड १६ लाख ४० हजार निक्षेप संकलन गरेको छ । गत वर्ष कम्पनीले २९५ दशमलव ७७ प्रतिशत बढी रू. २ अर्ब २७ करोड ३१ लाख ५२ हजार कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीले ८ दशमलव ३६ प्रतिशत बढी रू. १ अर्ब ३३ करोड ३५ लाख ३६ हजार खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव १८ र प्रतिशेयर नेटवर्थ रू. ११७ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्