अर्थ राजनीति ~ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो । चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मुल्य घट्यो, तोलाको कति ?
