प्रधानमन्त्रीले चाहेमा स्वास्थ्य मन्त्री बन्न तयार छु: युवा नेता थापा

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू स्वास्थ्य मन्त्री बन्न तयार रहेको प्रष्ट गर्नुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका थापाले देश कोरोना महामारीसँग लडिरहेका समयमा सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको भन्दै प्रधानमन्त्रीले चाहेमा मन्त्री बन्ने बताउनुभएको हो । थापाले भन्नुभयो, ‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्न दिनुपर्छ ।’ सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २–३ दिनभित्र सरकारले पूर्णता पाउने बताउँदै थापाले कांग्रेस महाधिवेशन सार्न नहुने पनि बताउनुभयो । थापाले भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धानमा नडराउन पनि सरकारलाई सुझाव दिनुभयो । थापाले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर सरकारले ठीक गरेको पनि बताउनुभयो । विपन्न लालपूर्जा विहीनका नाममा कार्यकर्ता मात्रै भर्ना गर्ने काम गरेकाले खारेजी ठीक भएको उहाँको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्