अर्थ राजनीति ~ बुद्ध एयरले पोखरा-नेपालगञ्ज-पोखरा उडान सुरु गरेको छ । आइतबारदेखि १८ सिट क्षमताको विचक्राफ्ट जहाजमार्फत यो गन्तव्यमा उडान सुरु गरिएको हो । बुद्ध एयरका बजार निर्देशक रूपक जोशीका अनुसार पोखरा–नेपालगञ्ज उडान सातामा तीनवटा आइतबार, बुधबार र शुक्रबार हुनेछ । उनका अनुसार यो उडान पोखराबाट बिहान ९:१० बजे हुनेछ भने नेपालगञ्जबाट बिहान १०:०० बजे हुनेछ । यो गन्तव्यका लागि सुरुवाती भाडादर ४ हजार ९ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले दोस्रो निषेधाज्ञा खुकुलो भएसँगै विराटनगर-तुम्लिङटार, पोखरा-भरतपुर, पोखरा-भैरहवालगायत गन्तव्यका लागि पनि नियमित उडान गरिरहेको छ ।
बुद्ध एयरले सुरु गर्यो पोखरा-नेपालगञ्ज उडान
