आज सुनको मूल्य तोलामा ३ सयले कम

Machchapuchchre

अर्थ राजनीति  ~  आज सुनको कारोबार मूल्यमा ३ सय रुपैयाँको गिरावट आएको छ।  मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि साताको पहिलो दिन गत आइतबार ९२ हजार पुगेको थियो। त्यसपछि एक सय रुपैयाँ बढ्दै सोमबार कारोबार मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य अस्थिर छ। नेपाली बजारमा मंगलबार सुनको मूल्य गत वर्ष यही दिनका तुलनामा ५ हजार ७ सय रुपैयाँले सस्तो हो। गत वर्ष साउन १२ मा सुन प्रतितोला ९७ हजार ५ सय थियो। चालु महिनाको पहिलो दिन प्रतितोला ९३ हजार २ सयसम्म पुगेको थियो। चाँदीको मूल्य भने यो साता तीन दिनदेखि प्रतितोला १२ सय ७० रुपैयाँमा स्थिर छ। गत वर्ष साउन १२ मा चाँदी प्रतितोला १२ सय १० रूपैयाँ थियो भने चालु महिनाको पहिलो दिन प्रतितोला १३ सय २० रूपैयाँ पुगेको थियो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्