डा. केसी : ” स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गरियोस् “

Machchapuchchre

अर्थ राजनीति  ~  डा. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गर्नुपर्ने बताएका छन् । त्यसो नभए उनलाई उनलाई तत्काल पदमुक्त गर्नुपर्ने केसीको माग छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र लेख्दै केसीले यस्तो चेतावनी दिएका हुन् । डा. केसीले नयाँ सरकारले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्याका चाङ हटाउन नयाँ सरकारले सीमित भए पनि अग्रसरता लिन्छ भन्ने अपेक्षा भए पनि पहिलो गाँसमै ढुंगा लागेको टिप्पणी गरेका छन् । देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पतालहरू फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय छ र हाम्रा लागि स्वीकार्य छैन,’ साथै , ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा नियमनकारी भूमिका समेत रहने स्वास्थ्य मन्त्रालयमा स्वार्थको द्वन्द्व हुने कुनै पनि व्यक्ति नियुक्ति हुनु हुँदैन ।’अपराधी र माफियाहरूको कुनै राजनीतिक दल वा विचार नहुने भन्दै केसीले उनीहरू जोसुकैको नजिक भए पनि दण्डित हुनुपर्ने पनि जनाएका छन् ।’२०८५ सालदेखि सबै मेडिकल कलेजहरू नाफा रहित हुने हुँदा नेपालको मेडिकल शिक्षालाई अहिल्यैदेखि त्यस दिशामा लैजाँदै माफियाहरूलाई निरुत्साहित गरिनुपर्छ,’ केसीले पत्रमा उल्लेख छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्