अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानी राजदूत युटाका किकुटाबीच भेटवार्ता भएको छ । राजदूत किकुटाले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । भेटमा राजदूत किकुटाले जापानले दिने १६ लाख डोज खोप चाँडै आउने जानकारी दिएका छन् भने प्रधानमन्त्री देउवाले राजदूतलाई धन्यवाद दिएका छन् । यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो । जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही खोपमध्येको १६ लाख डोज खोप नेपालले पाउन लागेको हो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति