नेपाली काँग्रेसको महाधिवेशनमा ‘डिजिटल भोटिङ’ प्रविधि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेसले आफ्नो आसन्न महाधिवेशनलाई ध्यानमा राखेर डिजिटल भोटिङ’ लाई मान्यता दिने भएको छ । यसका साथै पार्टीको वेबसाइटलाई आधुनिकीकरण गर्ने समेत भएको छ। नेपाली काँग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रूप दिएको हो । विभागद्धारा जारी प्रेस विज्ञप्तीकाअनुसार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रूपमै आयोजना गर्न सकिने आशाका बाबजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जारी विज्ञप्तिमार्फत जनाएको छ। केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दाको अवस्थामा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ। ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औँ महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ।विज्ञप्तीकाअनुसार ‘डिजिटल भोटिङ’ को नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणको लागि दक्ष इन्जिनियरहरूको नेटवर्क तयार गरिएको छ । प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ।प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरूप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ । विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोष व्यक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्