सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाएर नियमन गर्नुपर्छ : मन्त्री नेम्वाङ

Machchapuchchre

अर्थ अराजनीति  ~  सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जरुरी रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन् । उनले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चरसम्बन्धी कामलाई पूर्णता दिनुपर्ने पनि उनले बताए । मन्त्री नेम्वाङले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले भने – ‘हामीले प्रविधिहरुलाई व्यवस्थित ढंगले तलतल पुर्‍याउनु जरुरी छ । टेलिफोन र सूचनाका सेवाहरुलाई सही ढंगले प्रसारित गर्न र व्यवस्थित गर्न जरुरी छ । त्यसलाई नियमन गर्नु जरुरी छ । सही सूचनाहरु नागरिकलाई सम्प्रेषण गर्नु जरुरी छ । छैनभने त्यसको नियमन गर्नपनि त्यत्तिकै जरुरी छ । दुर्गम क्षेत्रमा हाम्रा कम्युनिकेशनका सेवाहरुलाई पुर्‍याउनु जरुरी छ । डिजिटल नेपाल फ्रेमवर्कको कुरालाई एउटा प्याकेजमा पूरा गर्न जरुरी छ । एप्सहरुलाई डिजिटलाइज गरेर सबैलाई एकीकृत रुपले, केन्द्रीकृत रुपले सञ्चालन गर्न सुरुवात गरेका छौँ । त्यसलाई पूर्णता दिन जरुरी छ ।’मन्त्री नेम्वाङले जनतालाई शान्ति, सुरक्षा दिलाउने, जनतको जिउधन र हक अधिकारलाई व्यवस्थित गर्ने र सूचना प्रविधिमैत्री बनाएर मुलुकलाई उच्च खालको नागरिकमा रुपान्तरण गर्ने अभियानमा एक इन्चपनि तलमाथि नपरी दृढ विश्वासको साथ पूरा गरेर छाड्ने पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्