आजदेखि बैंकका कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक

Machchapuchchre

अर्थ राजनीति  ~  मंगलबारदेखि लागू हुने गरी बाणिज्य बैंकहरुले कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा सामान्य हेरफेर भएको बैंकहरुले जनाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर कायम भएको छ  । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।  नबिल बैंकले बचतमा न्यूनतम २.५१% देखि अधिकतम ४.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम ७.०१% ब्याज दिनेछ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१%  छ ।  स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्ममा कर्जा दिने छ । एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.६०% र अधिकतम ५.६०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.८०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६.५०% कायम गरेको छ । वैशाख मसान्तसम्म बैंकको आधार दर ५.९८% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिनेछ ।

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज ३.१०% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.५१%  छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ । हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ४.७५% र अधिकतम ब्याजदर ७.७५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । बैंकको चैतसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ५.५०% र अधिकतम ७% सम्म ब्याजदर दिनेछ । कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७% सम्म ब्याजदर तोकेको छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा तोकेको  छ ।  एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ ।  बैंकको वैशाख मसान्तसम्मको आधार दर ७.०४% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिने बैंकको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्