भोलिदेखि उपत्यका सहितका पेट्रोल पम्प बन्द

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकासहितका पेट्रोल पम्प भोलि बुधवारदेखि बन्द हुने भएको छ । पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प बन्द गर्न लागिएको हो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने बताए। धादिङ बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुने उनले बताए । सरकारले खोप लगाउन सुरु गरे यो निर्णय फिर्ता हुने उनको भनाई रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्