रूसी राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै, यस्तो छ तयारी

Machchapuchchre Bank

काठमाडौँ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने तयारी गरेका छन् । उनी पुस दोस्रो साता अर्थात आगामी डिसेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

नेपालमा रहेको युरेनियम रेडियोधर्मी पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै रूसले पुटिनको भ्रमणको तयारी गरेको बताइएकाे छ । इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ। खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ। राष्ट्रपति पुटिन तीनदिने नेपाल भ्रमणका लागि नेपाल आउने बताइएको भए पनि मिति भने तय भइनसकेको स्रोतको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्