परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको टोलीले रुसी महासङ्घ र गणतन्त्र सर्वियाको भ्रमण गर्ने

Machchapuchchre

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आउदो मंसिर ७ गतेदेखि रुसी महासङ्घ र गणतन्त्र सर्वियाको औपचारिक भ्रमण गर्ने भएका छन् । ९ गते रुसी महासङ्घका विदेशमन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएपछि मन्त्री ज्ञवाली नेतृत्वको टोली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीले मंसिर १० गते मस्कोमा अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानमा नेपाल–रुस सम्बन्ध तथा सहयोगबारेमा धारणा राख्ने कार्यक्रम रहेको छ । त्यस्तै रुसका राजनीतिक नेतृत्व र गैरआवसीय नेपाली सङ्गठनका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन् । भ्रमणको दोस्रो चरणमा मन्त्री ज्ञवाली मंसिर ११ गते बेल्ग्रेड पुग्नेछन् ।

नेपाल र तत्कालीन युगोस्लाभिया अर्थात् सर्वियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको छ । सर्वियामा रहँदा उनले त्यहाँका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डाकिकसँग द्विपक्षीय वार्ता गर्नेछन् । बेलग्रेडमा उनी स्थानीय उद्योग वाणिज्य सङ्घ तथा यात्रा र पर्यटन व्यवसायीसँग लगानी प्रवद्र्धनका कार्यक्रममा सहभागी हुनेछन् ।

मन्त्री ज्ञवाली नेतृत्वमा रुसी महासङ्घको भ्रमण गर्ने प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव शङ्करदास वैरागी, रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरे तथा अन्य सरकारी अधिकारी सहभागी हुनेछन् । यही मंसिर १४ गते मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल सर्वियाबाट स्वदेश फर्कनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्